गजल
लाउँदिन भो पिरती म आँखा आँसु भेल हुन्छ,
भोली माया छुट्यो भने आफ्नै रहर नेल हुन्छ ।
यहाँ हजार मान्छेहरु छाती मिच्दै यात्रा गर्छन्,
माया गर्ने बहानामा अचेल बाक्लै झेल हुन्छ ।
जुगौँ जुग टिक्छ नाता नजर एउटा भयो भने,
स्वार्थ बोक्ने आँखा बिच कहाँ सधै मेल हुन्छ ।
हिड्दा बोल्दा जहाँ पनि सीमा राख्नु पर्ने रै’छ,
पंछिबनि उड्ने मनछ माया मलाई जेल हुन्छ ।।
२८ मे २०१२
दोहा, कतार ।

0 comments