गजल

धेरै बर्ष पछि मैले त्यो रात सम्झिएँ,
हो जवानीले मताएको मात सम्झिएँ ।

एक अर्काको बाहुपासमा थियौ हामी,
प्यासमेटाउन मिलेको बात सम्झिएँ ।

हाम्रो भेटलाई रंगिन पार्न मन्द मन्द,
अंग अंग सल्बलाएको हात सम्झिएँ ।

रंगिन ती पलमा डुब्दा नयन भिज्यो,
सम्हालिन उस्ले देको घात सम्झिएँ ।।

०३ जून २०१२
दोहा, कतार ।

0 comments

Post a Comment