गजल

अदल बदल चल्छ अरे जाली पिरतीमा,
चोखो माया गल्छ अरे जाली पिरतीमा ।

पर्दा हाल्नु हुन्न भन्थे मुटू साट्ने पछि,
आँखा अधि छल्छ अरे जाली पिरतीमा ।

देउता भाकि वाचाहरु हजार गरे पनि,
यहाँ धोखा फल्छ अरे जाली पिरतीमा ।

जता ततै साईनो टुट्रयो भन्नेमात्र देखे,
प्यारो नाता ढल्छ अरे जाली पिरतीमा ।।

२५ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment