गीत– यादहरु

कहिले होला ओबाउने परेलीको झरी,
किन आउँछ यादहरु आँसु बग्ने गरि ।

आँखैमाछ झलझली मीठो मुस्कान उनको,
सुन्दरतालाई जोख्यो भने कमै होला जूनको ।
लामा लामा केश राशी तल पर्लिन परी,
किन आउँछ यादहरु आँसु बग्ने गरि ।

हजारौको भीड माझ उनलाई गुणी लाग्यो,
आँखा लोभि मन पापी उनकै पछि भाग्यो ।
मान्दैन मेरो मनले आउँन यता सरी,
किन आउँछ यादहरु आँसु बग्ने गरि ।।

७ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment