गीत– थाँती रह्यो

पीरै पीरको भारी खेप्दा जिन्दगीनै फाटी गयो,
गर्नु पर्ने धेरै थियो लक्ष्य सारा थाँती रह्यो ।

यादहरु बल्झिएर सम्झनाले छाती पोल्दा,
थामिएनन् मेरा आँसु आशा बोकि आँखा खोल्दा ।
दोबाटौमै मलाई छाडि घामले डाँडा काटि गयो,
गर्नु पर्ने धेरै थियो लक्ष्य सारा थाँती रह्यो ।

निरासाको कालो बादल मनैभरि मडारिदा,
कस्ले सक्छ यो मन थाम्न खुशी सारा बडारिदा ।
दुःख बाँड्न आउँछु भन्दै निष्ठुरीले ढाटि गयो,
गर्नु पर्ने धेरै थियो लक्ष्य सारा थाँती रह्यो ।।

२३ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment