गीत– चोटमा पनि हाँस्न

कस्ले भन्छ गाह्रो हुन्छ मनलाई छल्दै बाँच्न,
स्वार्थ फाले सकिन्छ नि चोटमा पनि हाँस्न ।

गोरेटोमा भेट्छौ हामी दोबाटोमा छुट्छौ,
पिरतीमा हा¥यो भने ज्यानै फाल्न जुट्छौ ।
हार्दा पनि सक्नु पर्छ जितको आशा साँच्न,
स्वार्थ फाले सकिन्छ नि चोटमा पनि हाँस्न ।

यात्रा न हो जिन्दगी यो हजार घुम्ति हुन्छ,
पीडा मास्न सक्नेले पो सधै आकाश छुन्छ ।
प्रयास गरे सफल हुन्छौ भीरकैमाथि नाच्न,
स्वार्थ फाले सकिन्छ नि चोटमा पनि हाँस्न ।

२३ मे २०१२
दोहा, कतार ।

0 comments

Post a Comment