गीत– तिम्रो बस्ति झर्छु

यस्तो लाग्छ तिमी भेट्न सयौ जंघार तर्छु,
हावासँगै गोधुलीमा तिम्रो बस्ति झर्छु ।

तिम्रो नाम जप्दा जप्दै घामले डाँडा काट्छ,
तिम्रै यादमा तड्पि रुँदा कालो बादल फाट्छ ।
रातै भरि सपनीमा तिम्रै खोजि गर्छु,
हावासँगै गोधुलीमा तिम्रो बस्ति झर्छु ।

टाढा हुँदा यादमा दुख्ने पिरतीको चलन,
तिम्लाई भेटे शान्त होला मुटूको यो जलन ।
एकदिन हाम्रो संगम हुन्छ यहि आशा भर्छु,
हावासँगै गोधुलीमा तिम्रो बस्ति झर्छु ।।

१९ अक्टोवर २०११
काठमाडौं ।

0 comments

Post a Comment