गीत– बदर हुन्थ्यो
मन हुनेलाई चाहे पो त चाहानाको कदर हुन्थ्यो,
यति चोखो माया पाउँदा अरु सारा बदर हुन्थ्यो ।
यादमा जल्दै मुटू मिची कहिले सम्म जीउनु मैले,
च्यातिएका सारा सपना कुन आशाले सिउनु मैले ।
इमान जमान रहे पो त वाचा पनि सदर हुन्थ्यो,

पग्लिदैन कठोर त्यो मन जति आँसु झारे पनि,
उस्कैपछि भाग्छ यो मन काँडे तारले बारे पनि ।
कोमल मुटू मिले पो त आज आँसु सदर हुन्थ्यो,
यति चोखो माया पाउँदा अरु सारा बदर हुन्थ्यो ।।
३ अप्रिल २०१२
दोहा, कतार ।

0 comments