गीत– घाम छाँया झै

जूनी जूनी टिक्छ नाता मन एउटा भए,
घाम छाँया झै हुन्छ नाता मन दुईटा भए ।

सयौ घुम्ति काटौ भन्दै जति कसम खाएपनि,
मनै फाट्दा त्यहि कसम जाँदो रै’छ माटो बनि ।
वाचा कसम पुरा हुन्छ मन एउटा भए,
घाम छाँया झै हुन्छ नाता मन दुईटा भए ।

माया गर्ने मान्छेहरु मनलाई एउटै पार्नु,
दुईटा मुटू जोडे पछि हुन्न अन्त सार्नु ।
घाम पानी झेल्न सक्छ मन एउटा भए,
घाम छाँया झै हुन्छ नाता मन दुईटा भए ।।

१३ अक्टोवर २०११
काठमाडौं ।

0 comments

Post a Comment