तीन मुक्तक
हाम्रो न्यानो सहयात्रा जूनी जूनी टिकोस्,
कालैपनि नजिकपर्दा भाग्न खुट्टा झिकोस् ।
दुःखसुख जे जे आउला एकभै लड्नु पर्छ,
दुनियाले हाम्लाई हेरी माया गर्न सिकोस् ।।१।।
दुनियाले जे भने’नि बिना गल्ति झुक्दिन म,
चुनौतीमा लड्नछाडि थाके भन्दै लुक्दिन म ।
आदम्य शाहस बोकि सधै यहाँ लम्किरहन्छु,
जस्तै कठिन मोड भेटुँ कर्तव्यमा चुक्दिन म ।।२।।
भावनामा डुव्ने भन्दै कतिले त थुक्थे मलाई,
कोही भने खुट्टातान्न दोबाटोमा ढुक्थे मलाई ।
जति लेखे सत्य लेखे जिन्दगीलाई जति बुझेँ,
आँखाहुने अन्धाले’नि कति पल्ट भुक्थे मलाई ।।३।।

0 comments