गजल

कस्तो होला भेट हाम्रो त्यो अधेरी रातमा,
बेहोसी भै ढल्ने हो कि जवानीको मातमा ।

मीठा मीठा सम्वाद होला अंगालोमै बाँधी,
दुनियाँनै भुलिन्छ कि एक अर्काकै बातमा ।

आँखाहुने अन्धाछलि प्यासी आत्मा मिल्दा,
सबै अंग समर्पित भै नाच्न पुग्ला हातमा ।

सामिप्यमा भको बेला सारा सीमा टुट्ला,
तृप्त बन्न गिरिन्छ कि पाशत्वकै जातमा ।।

१७ मे २०१२
दोहा, कतार ।

0 comments

Post a Comment