गीत– खुशी बिना

तिमी बिना एक्लै पनि बाँची दिन सक्छु
खुशी बिना त्यसै पनि हाँसी दिन सक्छु ।

नसम्झ भो तिमीबिना जिउँदै मर्ला भनि,
चोटमा पनि फूल्छु सधै लालीगुराँस बनि ।
चोईटिएको मुटूलाई’नि गाँसी दिन सक्छु,
खुशी बिना त्यसै पनि हाँसी दिन सक्छु ।

चोखो माया पाखा लगाई डेरा सरे पनि,
उमंगको सगरमाथा मेरै साथमा छ’नि ।
बिरहको धुनमा पनि नाची दिन सक्छु,
खुशी बिना त्यसै पनि हाँसी दिन सक्छु ।।

२३ जनवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment