गीत– यादहरु

सक्दिन म राख्न अब यादहरु सजाई,
लैजाउ बरु खहरेभै सम्झना बगाई ।

नआउ छाल बनि सम्झनाका तरेलीमा,
निद हराउँछ मेरो हर रात परेलीमा ।
खुशी त खोस्यौ खोस्यौ निद छाड मलाई,
कि त यहि निद पनि चाहिन्छ तिम्लाई ।

उजाड जिन्दगीमा बाँकी के नै छ के लिन्छौ,
टाम्सिएको घाउ बल्झाई किन आँसु दिन्छौ ।
पाउँछौ के नै तिम्ले मेरा चैन भगाई,
हिजै सर्वस्व सुम्पे’कै हो मैले तिम्लाई ।।

२६ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment