तीन मुक्तक
हाम्रो माया बिहानीको शीत नहोस्,
ओईलिएर झर्ने फूलझै प्रीत नहोस् ।
सदाबहार एकै बोटमा फूल्नु पर्छ है,
विश्वास मार्ने यहाँ कुनै गीत नहोस् ।।१।।
बिज्ने बिगत आँसुसँग साटी पठाए,
डस्नखोज्ने निठुरीलाई काटी पठाए ।
तितो अतित सम्झनामा आउँदैनन्,
सपना थियो भन्दै मैले ढाँटी पठाए ।।२।।
मनको रस्ति/बस्तिमा तिम्ले डेरा जमायौ,
यो ओठैभरि अनगिन्ती खुशीयाली थमायौ ।
खै के नामले पुकारु मनकी धनि तिम्लाई,
सर्बस्व लुटाई मलाई तिम्ले खै के कमायौ ।।३।।
ओईलिएर झर्ने फूलझै प्रीत नहोस् ।
सदाबहार एकै बोटमा फूल्नु पर्छ है,
विश्वास मार्ने यहाँ कुनै गीत नहोस् ।।१।।
बिज्ने बिगत आँसुसँग साटी पठाए,
डस्नखोज्ने निठुरीलाई काटी पठाए ।
तितो अतित सम्झनामा आउँदैनन्,
सपना थियो भन्दै मैले ढाँटी पठाए ।।२।।
मनको रस्ति/बस्तिमा तिम्ले डेरा जमायौ,
यो ओठैभरि अनगिन्ती खुशीयाली थमायौ ।
खै के नामले पुकारु मनकी धनि तिम्लाई,
सर्बस्व लुटाई मलाई तिम्ले खै के कमायौ ।।३।।
0 comments