गजल
कति साँचि राख्छौ काली भर्भराउँदो त्यो जवानी,
कृपा गरि मलाई सुम्प असल माली मै हो मानी ।
परेलीमा लुकाउ लाग्छ सजाउ लाग्छ यो मुटूमा,
देख्दा तिम्रो सुन्दरतालाई त्यसै हुन्छु पानी पानी ।
कस्तो सुन्दर रुप पाइछौ जून पनि पो तलै हुन्छ,
बोलीमा छ अति मिठास लोभै लाग्दो आनीबानी ।
बशमा छैन आफ्नो मन त जुधे देखि नजर हाम्रो,
चाहना छ सधै तिम्लाई बनाउ मेरै दिलकी रानी ।
सुम्निमालाई साक्षीराखी जुगौँजाने साइनो जोडौ,
तिमी मिले स्वर्णिम बन्छ यो कालेको जिन्दगानी ।।
०३ मे २०१२
दोहा, कतार ।

0 comments