तीन तान्काहरु

अस्त व्यस्त छु
जिन्दगी फाटे पछि
तर पनि म
रहर शिला खोज्दै
खुशी टाल्न खोज्दैछु ।।१।।

पारिलो लाग्छ
तिमीले दिने माया
अनि पो त म
तिम्रै पेरिफेरीमा
बिस्कुन लाग्ने गर्छु ।।२।।

अरु जस्तै म
तिमी फरक देख्छौ
तिमी प्रतिको
सर्मपण विश्वास
अरु भन्दा बढि छ ।।३।।

0 comments

Post a Comment