गीत– मेरै माया
तराजुमा जोख्ने माया हुँदो हो त धरतीमा,
मेरै माया बढि हुन्थ्यो मैले जित्थे पिरतीमा ।
पाउनु अनि गुमाउनुको भरिया पो बन्यो जूनी,
मेरै नजर दोषी हो कि मेरै चाह थियो खुनी ।
मान्छेसँग फूलको आँखा हुँदो हो त धरतीमा,

जोडिएको मुटू तोड्न आरिसेले पछि लागे
साथदिन्छु भन्नेहरु आशा देखाई टाढा भागे ।
वाचा कसम लाहाछाप हुँदो हो त धरतीमा,
मेरै माया बढि हुन्थ्यो मैले जित्थे पिरतीमा ।।
२६ मंसिर २०६८
काठमाडौं ।

0 comments