गीत– अब म के गरु

तिम्लाई खोज्दै अतालिन्छ मेरा यी नयनहरु,
ओझेल चाहाने तिमीनै भन अब म के गरु ?

नाता तोडि जानु रै’छ सपना किन बाँड्यौ,
कति गर्थे तिम्रो विश्वास तिमीलेनै फाँड्यौ ।
बाटैभरि नील काँडाछन् कसरी माथी सरु,
बिचैमा छोड्ने तिमीनै भन अब म के गरु ?

तिमी बिना यो संसारमा सक्दिन म झूल्न,
बसन्तनै डुल्दा पनि मान्दैन यो मन फूल्न ।
सारा जंघार बैशालु छन् कसरी पारी तरु,
मेरो यो हाल पार्नेलेनै भन अब म के गरु ।।

२ अप्रिल २०१२
दोहा, कतार ।

0 comments

Post a Comment