तीन मुक्तक

तीन मुक्तक

तिमी हाँस्दा खुशी हुने खै कस्तो रहर,
सायद मेरो आफ्नै सपना हो’कि जहर ।
सोच मग्न हुन्छु सधै एकान्तमा म त,
सहि जवाफ नमिल्दा परेली बने नहर ।।१।।

सिंगार्नु छ मैले यो धर्ती आफू फूलेर,
सत्कर्मको पूजागर्छु हिमाल भैm खुलेर ।
आफू हाँस्यो भने सारा जगत् हाँस्छ,
हाँसेरै बाँच्छु यो जिन्दगी पीडा भूलेर ।।२।।

सधै राती सपनीमा आउँछिन् माया गर्न,
सपनीनै काफीहुन्छ विपनीमा खुशी छर्न ।
यसैगरि सपनीमै साथ दिन आउँदा पनि,
सक्छु लाग्छ जिन्दगीका हर भंगालो तर्न ।।३।।

0 comments

Post a Comment