तीन मुक्तक

कहरको जिन्दगी भयो भने थोरै रहर मिलाउ,
अतितले धेरै दुखायो भने नयाँ आशा दिलाउ ।
दुई दिन बाँच्न पनि किन जल्दै बाँच्छौ तिमी,
गुलावी त्यो ओठलाई हरदम मुस्कान पिलाउ ।।१।।

जति धेरै हाँस्छौ तिमी उतिनै पीडा मासिन्छ,
विना चोटका घाउहरु मुस्कान देखे नासिन्छ ।
संकल्प गर लोक हित गर्दै यो धर्तीमा बाँच्ने,
जितै जितका उत्सव सध्रै तिमीसँग गाँसिन्छ ।।२।।

लालीगुराँस फूले होलान् राताम्मे भै पहरामा,
पालुवाले ढाक्दै होला नागबेली त्यो लहरामा ।
यो अभागी रेगिस्तानमा जिवन खोज्न आयो,
साथीसंगी झुम्दा हुन् कलकलाउँदो छहरामा ।।३।।

0 comments

Post a Comment