गजल
मेरो ओठमा खुशी छर्ने कोही माली थिईन्,
यो कालेको माया गर्ने एउटी काली थिईन् ।
उस्कै तालमा ताल मिलाई यात्रासाथै गर्दा,
सारा पीडा ओताईदिने न्यानो पाली थिईन ।
जिते कति जिवन युद्ध उस्लाई मेरी मान्दा,
हौसलाको झन्कार भर्ने मीठो ताली थिईन् ।
पापी नजर लाग्यो क्यारे अनि माया छुट्यो
भन्दिन म अलग हुँदा मनकी जाली थिईन् ।।
२५ मार्च २०१२
दोहा, कतार ।
यो कालेको माया गर्ने एउटी काली थिईन् ।
उस्कै तालमा ताल मिलाई यात्रासाथै गर्दा,
सारा पीडा ओताईदिने न्यानो पाली थिईन ।
जिते कति जिवन युद्ध उस्लाई मेरी मान्दा,
हौसलाको झन्कार भर्ने मीठो ताली थिईन् ।
पापी नजर लाग्यो क्यारे अनि माया छुट्यो
भन्दिन म अलग हुँदा मनकी जाली थिईन् ।।
२५ मार्च २०१२
दोहा, कतार ।

0 comments