निर्धा सम्झि अब यता ठोक्न नआउ,
मोति खोज्न हिँडे म त रोक्न नआउ ।
थाहा पाइयो यस्तै रै’छ माया पिरती,
हजार जूनी तिम्रै भन्दै खोक्न नआउ ।
यो बस्तिमा सोझो हुनु अभिषाप भो,
छातीभित्र कालो पाल्दै टोक्न नआउ ।
जिवन धान्न यो पाखुरी चलाउछु म,
यै पाखुरी काफी हुन्छ बोक्न नआउ ।।
१७ अप्रिल २०१२
दोहा, कतार ।
0 comments