तीन मुक्तक
मुखले त मान्छे यहाँ जून पनि झार्छु भन्छ,
मान्छेले बैरी आँखा बोक्दै पानी बार्छु भन्छ ।
सबै भन्दा निर्दयी प्राणी मान्छेनै देख्छु मैले,
फगत जितकोलागि यहाँ मान्छे मार्छु भन्छ ।।१।।
यहाँ कति मान्छे स्वघोषित ठुला बन्छन्,
दिनु पर्दा अरुलाई ती हात लुला बन्छन् ।
फलना यस्तो ढिस्का उस्तो भनेरै मान्छे,
अरुको जीवन जोख्न आफू तुला बन्छन् ।।२।।
रुख चढाई फेँद ढाल्छन् हिजो आज मान्छे,
नयन भरि डाहा पाल्छन् हिजो आज मान्छे ।
जाली मनको डसाईलाई पचाउन नसक्नेले,
अकालमै ज्यान फाल्छन् हिजो आज मान्छे ।।३।।

0 comments