गीत– आँसु दियौ

तोडेर गयौ बाचाहरु आशा सिएर बाँच्छु,
आँसु दियौ माया सँग आँसु पिएर बाँच्छु ।

भासिएझै लाग्छ धर्ती जब पाईला टेक्छु,
भत्किएको सपना टाली खुशीलाई छेक्छु ।
भाग्दिन म जीवनसँग चोटै लिएर बाँच्छु,
आँसु दियौ माया सँग आँसु पिएर बाँच्छु ।।

पखालेर तिम्रो यादलाई कहाँ झुल्न सक्छु,
तिमी बिना यो जिन्दगी नत फूल्न सक्छु ।
तिमी फूल्नु शुभकामना सधै दिएर बाँच्छु,
आँसु दियौ माया सँग आँसु पिएर बाँच्छु ।।

२३ फेब्रुअरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment