तीन मुक्तक
खुशीयाली बर्षात हुन्छ एकै झुल्को देख्न पाए,
फूलैफूलको बेरा हाली तिम्रो बाटो छेक्न पाए ।
जिन्दगीमा उमंगको न्यानो बास हुन्थ्यो होला,
त्यो दिलमा मेरै नाम जन्मौ जम्म लेख्न पाए ।।१।।
दागै भएता पनि म त जूनकै रुप राम्रो देख्छु,
पराई भएता पनि मैले उनकै रुप राम्रो देख्छु ।
मेरै मुटू भनेर अंगाल्न सक्दिन आज उनलाई,
तैपनि उनले लगाएको गुणकै रुप राम्रो देख्छु ।।२।।
कोपिलामै निमोठेर फूल्ने रहर मास्न सक्छ,
ठुलो स्वरले जित्छु भन्ने भ्रमले बास्न सक्छ ।
अरु दोषी देखाउँछ आफ्नो गल्ति छैन भन्दै,
शैतानी मनले मात्र अरु जल्दा हाँस्न सक्छ ।।३।।

0 comments