गीत– खुशी भरौ
कस्तो रुप पायौ तिम्ले कुन शब्द्धले बयान गरौ,
जिन्दगीको एउटै चाह तिम्रो ओठमा खुशी भरौ ।
तिम्रो अघि जून पनि किन किन फिक्कै लाग्छ,
तिमी बिना धरतीमा जिउन पनि दिक्कै लाग्छ ।
जूनी जूनी सयौ जूनी तिम्रै साथमा हाँस्न पाउँ,
जुगौ टिक्ने चोखो नाता तिमी सँगै गाँस्न पाउँ ।
कतै ओझेल पर्यौ भने छायाँ बनि छेउमा सरौ,

कोईलीको जस्तो बोली मन्त्र मुग्ध बन्छु सुन्दै,
यो धर्तीमा बाँचेको छु तिम्रै बन्ने सपना बुन्दै ।
माया गरि तिमीलाई म यो मुटूमा टाँस्न पाउँ,
विश्वासको दियो बाली सबै शंका छाँस्न पाउँ ।
नङ्ग मासुझै बनि हामी सँगै फूलौ साथै झरौ,
जिन्दगीको एउटै चाह तिम्रो ओठमा खुशी भरौ ।।
२८ फेब्रुअवरी २०१२
दोहा, कतार ।

0 comments