गजल

चिनो मायाको पठाए’थे तिम्ले लिएनौ रे,
हुलाकीलाई तिम्रो सामु टिक्नै दिएनौ रे ।

वाध्यताले तिमी देखि कोशौ टाढा भएँ,
मेरै यादमा सीमाभित्र जिउँदै जिएनौ रे ।

मर्न गको होईन म त चर्न आको थिए,
साथै बाँच्ने आशा बोक्दै रहर सिएनौ रे ।

यादहरु अमृत बनाई पठाए’थे तिमीलाई,
जहर ठानी मेरो माया पिउँदै पिएनौ रे ।।

१५ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment