गजल

तिम्रो नजर काफी हुन्छ धारको कुरा नगर,
जिन्दगीले चुट्न चुट्यो मारको कुरा नगर ।

पाखुरीमा विश्वास राख्दा सधै शुभ साइत,
मान्दिन म तिथी मिती बारको कुरा नगर ।

सुख दुःख जे जे आउँछन् खाप्नु पर्ने हुन्छ,
चुनौतीमा लड्न छाडि भारको कुरा नगर ।

बिना स्वार्थ माया दिने कोही छैनन् दानी,
हिजो सम्झि रुनु पर्ने प्यारको कुरा नगर ।

मायाबिना जिवन युद्ध जित्छु भन्ने लाग्छ,
अनि पो त भानु भन्छ हारको कुरा नगर ।।

२५ मार्च २०१२
दोहा, कतार ।

0 comments

Post a Comment