गीत– जिन्दगी हो

आशाबोकि पछि पछि धाउनु पनि जिन्दगी हो,
कसैसँग चोखो माया लाउनु पनि जिन्दगी हो ।

पवित्र छ यहाँ माया पूजा गर्न जान्नु पर्छ,
जीतै जीत कहाँ हुन्छ हार पनि मान्नु पर्छ ।
विश्वासभरि आफैलाई दाउनु पनि जिन्दगी हो,
कसैसँग चोखो माया लाउनु पनि जिन्दगी हो ।

माया सधै अटल हुन्छ मौका मिल्दा फेर्नु हुन्न,
सर्मपणमै बाँच्छ माया स्वार्थ बोकि चर्नु हुन्न ।
माया गर्दा चोटै चोट पाउनु पनि जिन्दगी हो,
कसैसँग चोखो माया लाउनु पनि जिन्दगी हो ।।

२८ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment