तीन तान्काहरु

मेरै छातीमा
कुल्चेर जानेलाई
शुभकामना
तिम्रा पाईलाहरु
कतै ठेस नलागे ।।१।।

मौनताभित्र
बेदनाको भण्डार
जमाई राख्छु
भोली मेरै यात्रामा
सदुपयोग गर्न ।।२।।

खुशी र मेरो
बोली बाराबार छ
मुस्कान तिमी
मेरो ओठ नताक्नु
म हाँस्न बन्देज छ ।।३।।

0 comments

Post a Comment