गजल
सुन्दर देख्छौ यो दुनियाँ पुष्प नयन ताक्यौ भने,
तिम्रै ओठमा बस्छ खुशी परिश्रमले डाक्यौ भने ।
पसिनाले भिजाउ यहाँ बन्जर धर्ती उर्वर बन्छ,
हत्केलामै बिलाई जान्छ घामै पनि ढाक्यौ भने ।
पाखुरीमा जिवन खोज्दा असम्भव त केही छैन,
भगवानकै मुठ्ठी खुल्छ सफा मनले भाक्यौ भने ।
अरु बचाई आफू बाँच्नु अनिमात्र मान्छे बन्छौ,
सेवक बन्ने तिर्खा पाल्नु दोबाटोमा थाक्यौ भने ।।
१४ मार्च २०१२
दोहा, कतार ।

0 comments