तीन मुक्तक
मन जलेर खरानी हुँदा पनि आशा पाल्नु,
टुट्छन् यहाँ सपनाहरु टुटे आफैले टाल्नु ।
दिएर जान्छु म त भन्ने संकल्प गर्नु सधै,
अमूल्य छ हाम्रो चोला हुन्न त्यसै फाल्नु ।।१।।
मलै जल्दा तिमी हाँस्नु जलेर पनि म हाँस्छु,
तिरस्कारको बदला माया छातीमा म टाँस्छु ।
मायासँग इख पालेर बाँच्ने म स्वार्थी होईन,
त्यसैले त तिम्रो खरावी बे–हिसाव म मास्छु ।।२।।
आउँछन् जान्छन् भावनामा खेल्ने जालीहरु,
कोपीलामा तोड्छन् माया स्वार्थी मालीहरु ।
मनमा कालो बोकि जुन झार्ने कुरा गर्छन्,
माया खेल हो भन्ने जोछन् काले कालीहरु ।।३।।

0 comments