गीत– यात्रा एक्लै

आफ्नो दुःख आफैले नै खाप्नु पर्ने भए,
साथी किन यात्रा एक्लै नाप्नु पर्ने भए ।

कहि माया ज्योतीबनि नयाँ मार्ग दिन्छ,
त्यहि माया लोभी बन्दा खुशीहरु छिन्छ ।
यादमा सधै बेदनालाई ताप्नु पर्ने भए,
साथी किन यात्रा एक्लै नाप्नु पर्ने भए ।

माया गर्ने कोही मान्छे प्रतिक्षामै मर्छन्,
कोही भने बेहोसीमा आँसु पिउँने गर्छन् ।
आँसु बगाई हत्केलामा थाप्नु पर्ने भए,
साथी किन यात्रा एक्लै नाप्नु पर्ने भए ।।

२ अप्रिल २०१२
दोहा, कतार ।

0 comments

Post a Comment