तीन मुक्तक

ऐ मनुवा कमिलाझै मिलीजुली चली हेर,
दायित्व बोध गर्नलाई कर्तव्यमा ढली हेर ।
मान्छे बन्ने भएदेखि लोभी नजर परसारी,
दियोजस्तै बिना स्वार्थ अधेरीमा बली हेर ।।१।।

आदिम बस्ति आधुनिक बनाउने नाउँमा,
पहिचान पो बेचिएछ दुईकौडिकै भाउमा ।
हेर आज शून्य लाग्छ बनपाखा रोधीघर,
मर्चुङ्गा र बिनायोको धुन हरायो गाउँमा ।।२।।

मर्दा लाने केही हैन फेरि किन लोभ गर्छौ,
तिम्रौ जस्तै रहर उस्को किन आँखा तर्छौ ।
सबै समान देख्छौ यहाँ फूलको नजर हेर,
माया नाच्नु पर्ने ठाँउमा किन डाहा भर्छौ ।।३।।

0 comments

Post a Comment