गीत– फूल्यौ तिमी
दियालो पो बाल्छु भन्थ्यौ मेरा कालो रातहरुमा,
सपनाको महल बनाई फूल्यौ तिमी घातहरुमा ।
माया पनि हिजो आज सम्पति मै बिक्ने भै’छ,
देखाउने र खाने दाँत तिम्रो चाँही फरक रै’छ, ।
शीत बनि खुशी सारा झर्दै बिले पातहरुमा,
सपनाको महल बनाई फूल्यौ तिमी घातहरुमा ।
तिम्रै पूजा गरि बसे तिम्ले भने मलाई डस्यौ,
छिया छिया थियो मुटू त्यहि माथि छुरा धस्यौ ।
दुनियाँलाई पछि पारी भुले तिम्रै बातहरुमा,
सपनाको महल बनाई फूल्यौ तिमी घातहरुमा ।।
२४ मंसिर २०६८
काठमाडौं ।

0 comments