गजल

तिम्रो नामलाई नजपेको कुनै यस्तो पलै छैन,
सुम्निमाकै कसम खान्छु सत्य यहाँ छलै छैन ।

दोबाटोमा दोमन पर्छु कसो गर्ने कता जाने,
तिमी बिना जिन्दगीमा समस्याको हलै छैन ।

तिम्रै अभाव यता हुँदा लथालिङ्ग बन्यो खुशी,
सम्हाल्न त खोजेकै हो तर हातमा बलै छैन ।

साथीसंगी भन्न थाले कस्तो रुखो बोली तेरो
वियोगले होला सायद मीठो बोल्ने गलै छैन ।

तिम्ले डेरा सारे पछि मुटू जल्छ मेरो अचेल,
आँसु पिउँछु म त सधै पिउने अरु जलै छैन ।

०२ फ्रेबुअवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment