तीन तान्काहरु
ऐ छलीहरु
अरुलाई दुखाई
कहिले सम्म
कुटिल हाँसो हाँस्छौ
जाने बाटो उहि हो ।।१।।
जिन्दगी बाँच्न
पाखुरी चलाउनु
परजिवी भै
बाँच्नुको भ्रम पाली
बाँच्नुको मजा छैन ।।२।।
नयाँ विहानी
आउँछ, जान्छ फेरि
तिमी आफैले
नयाँ बन्न खोजे पो
फलदिन्छ खुशीले ।।३।।
भर्खरै
Recomment to Your Friends
भर्खरै
0 comments