माया बोकी

देउरालीमा पर्ख भन्यौ पर्खे साँझै पर्‍यो,
माया बोकी आँउछौ तिमी भन्ने आशै मर्‍यो।

जता ततै स्वार्थी बस्ति कता डेरा सर्नु,
तिम्लेपनि भाखा फेर्‍यौ कस्को भरमा पर्नु ।
मलाई माया गर्ने मनमा कस्ले कुरा भर्‍यो,
माया बोकी आउँछौ तिमी भन्ने आशै मर्‍यो ।

शिखर नाप्ने गोरेटोमा पाईला आफै थाक्छ,
सुन्दर संसार तिमी बिना कति उराठ लाग्छ ।
आज फेरि आकाशैमा एउटा तारा झर्‍यो,
माया बोकी आउँछौ तिमी भन्ने आशै मर्‍यो ।।

२१ नोभेम्वर २०११
काठमाडौं ।

0 comments

Post a Comment