तीन तान्काहरु

हिजो सम्झिए
परेली हुँदै खस्यौ
हैरान बने
रोक्दा रोक्दै पो बग्यौ
अब फेरी नबग्नु ।।१।।

त्यसै माक्तियौ
यौवन आबेगमा
पत्तै पाएनौ
माली हो या भमरा
लुटियौ आँखा खुल्यो ।।२।।

क्षणिक रै’छ
आयातित खुशी त
सदाबहार
उहि पुरानौ पीडा
र त हाँस्न सकिन ।।३।।

0 comments

Post a Comment