गजल
हत्याहिंसा गोड्न सिके ती कलिला हातहरु,
कुमारीत्व लिलाम हुने आउँन थाले रातहरु ।
यौवन आज पैसासँग साटिन्छ रे बजारतिर,
होकि यहाँ दोषी पैसा होकि यौवन मातहरु ।
भरोषा पो कस्को गर्नु जालीमात्र बस्तिभरि,
मौलाउँदो छ यो धर्तीमा जता ततै घातहरु ।
हतार देखे मान्छे सबै गलतगर्दै माथि पुग्न,
कस्लाई फुर्सद सुनिदिने उपदेशका बातहरु ।
प्रकृतीनै मानव देखि बैरी हुन थालि सक्यो,
बसन्तमै ओईली झर्छ डाली डाली पातहरु ।।
११ मार्च २०१२
दोहा, कतार ।
कुमारीत्व लिलाम हुने आउँन थाले रातहरु ।
यौवन आज पैसासँग साटिन्छ रे बजारतिर,
होकि यहाँ दोषी पैसा होकि यौवन मातहरु ।
भरोषा पो कस्को गर्नु जालीमात्र बस्तिभरि,
मौलाउँदो छ यो धर्तीमा जता ततै घातहरु ।
हतार देखे मान्छे सबै गलतगर्दै माथि पुग्न,
कस्लाई फुर्सद सुनिदिने उपदेशका बातहरु ।
प्रकृतीनै मानव देखि बैरी हुन थालि सक्यो,
बसन्तमै ओईली झर्छ डाली डाली पातहरु ।।
११ मार्च २०१२
दोहा, कतार ।
0 comments