गीत– आँसुसँगै बग्छु

रहरको प्वाँखै चुड्यो कहाँ उड्न सक्छु,
खहरे भै तिमी सुक्यौ म त आँसु बग्छु ।

बैशालु त्यो मातले गर्दा घमण्डमा फूल्यौ,
माया गर्ने मुटू छाडि अर्कै बस्ति डुल्यौ ।
तिम्लाई माया गर्ने मुटू कहाँ चुड्न सक्छु,
खहरे भै तिमी सुक्यौ म त आँसु बग्छु ।

सत्य के हो नबुझे'रै कागको पछि भाग्यौ,
विश्वास बोक्ने चोखोमाया तोड्न आफै लाग्यौ ।
तिम्ले जस्तो आँखा छोप्न म त कहाँ सक्छु,
खहरे भै तिमी सुक्यौ म त आँसु बग्छु ।।

२० नोभेम्वर २०११
काठमाडौं ।

0 comments

Post a Comment