तीन तान्काहरु

हुने हुनामी
कस्ले रोक्न सक्छ र ?
भए पछिको
पछुतो बेकार हो
विकल्प खोजे राम्रो ।।१।।

दिवा स्वप्नले
फुर्सदमा दुखायो
त्यसैले अब
आशे खेतीमा म त
मरे’नि धाउँदिन ।।२।।

आकारहिन
समयलाई देख्ने
मनुवाहरु
चोमोलुङ्गमा नाघ्छन्
बाँकी जिउँदो मुर्दा ।।३।।

0 comments

Post a Comment