तीन मुक्तक

मैले हिड्ने गोरेटोमा भोगी नजर नडुगाउ,
निरोगीभै बाँच्ने म त रोगी नजर नडुगाउ ।
पसिनामा जिवन देखे धाउँछु कर्म गर्नलाई,
परजिवी बनाउनलाई जोगी नजर नडुलाउ ।।१।।

तिरस्कारको बर्षातले जति सक्छौ चुटे हुन्छ,
व्यग्यवाणले प्रहार गरि मेरो खुशी भुटे हुन्छ ।
मेरो काम हो मायागर्ने तिम्लाईनै गरिरहन्छु,
एकोहोरो लाग्यो भन्दै मेरो सपना लुटे हुन्छ ।।२।।

हतारमा माया लाउँदा फुर्सदमा दुख्नु पर्छ,
निर्मोहीको भर पर्दा समाजसँग झुक्नु पर्छ ।
बिना स्वार्थ मायादिने कोहीछैन दानी यहाँ,
जालीसँग मुटू साट्दा जवानीमै सुक्नु पर्छ ।।३।।

0 comments

Post a Comment