गल्थ्यो होला

मायासँग बाल्यो भने पानी पनि बल्थ्यो होला,
मैले दिने मायाले त ढुङ्गा पनि गल्थ्यो होला ।

धर्ती आकाश एकै पारी कसैसँग माया लाए,
त्यही मायाले लत्याउदा मुटू दुख्ने रोग पाए ।
यसरीनै धायो भने खेती पनि फल्थ्यो होला,
मैले दिने मायाले त ढुङ्गा पनि गल्थ्यो होला ।

मैले जस्तो माया गर्ने कमै होलान धरतीमा,
घातै मात्र किन फल्छ मैले ला’को पिरतीमा ।
कालसँग माग्यो भने मृत्यु पनि टल्थ्यो होला,
मैले दिने मायाले त ढुङ्गा पनि गल्थ्यो होला ।।

रचनाकाल ०३ अगस्त २०११
दोहा, कतार ।

0 comments

Post a Comment