तीन मुक्तक

हिसावगर्छु गुणकोमात्र खरावीलाई गन्दिन म,
तिम्लाई दोष थुपारेर आफू चोखो बन्दिन म ।
चोखोमाया गर्नेहरु यादमै पनि जिउनु सक्छ,
अन्तै खुशी मिल्छ भने मेरै बन्देउ भन्दिन म ।।१।।

त्यो ओठमा खुशीदेखे मैले मेरै जीत सम्झे,
भेट्नु अनि छुटिनु त दुनियाँको रीत सम्झे ।
उ बिनो जिन्दगी त मेरोलागि सम्भव छैन,
उस्कोलागि पिरतीमा मैले हार्नु हित सम्झे ।।२।।

कर्कलाको पानी न हो दुईदिने हाम्रो चोला,
चाहँदैमा फेरि अर्को जिन्दगी पाईन्न होला ।
एकैबारको जिन्दगीमा राम्रो काम गर्नुपर्छ,
जित्ने होडमा नबगाउँ है ! रगतको खोला ।।३।।

0 comments

Post a Comment