तीन तान्काहरु

मान्छे मान्छेमा
बिभेद जन्माउन
कोरिए रेखा
शूद्र, वैश्न, ब्राम्हण
मेट्नु पर्छ अब त ।।१।।

कसरी हुन्छ ?
सानो र ठुलो मान्छे
रगत उही
ऐ चलाख अगुवा
फाटो कोरेछौ तिम्ले ।।२।।

कुम्भ कर्ण झै
निदाउँनु हुन्न है
भुमी पुत्र हो
अब त जाग्नै पर्छ
अस्तित्व बचाउन ।।३।।

0 comments

Post a Comment