गीत– जान्नु पर्दो रै’छ
बाँच्नलाई जिन्दगीमा हाँस्न जान्नु पर्दो रै’छ,
जित्नलाई सारा पीडा मास्न जान्नु पर्दो रै’छ ।
आशाहरु पाल्न सके खुशी आफै झूलिदिन्छ,
पीडा फाले शिखरको बाटो पनि खुलिदिन्छ ।
फूल्नलाई जलन पनि छाँस्न जान्नु पर्दो रै’छ,

काँडाबनि जान्छन् कोही फूलबनि छिरे पनि,
मुटू मिच्दै यात्रा थाल्नु रुनु हुन्न हारे भनि ।
नाच्नलाई मुटू पनि गाँस्न जान्नु पर्दो रै’छ,

०८ जनवरी २०१२
दोहा, कतार ।

0 comments