गजल

कस्की चेली पर्‍यौ तिमी कता पर्‍यो गाँउ तिम्रो,
भन्देऊ बरु किन्छु म त जिन्दगीको भाउ तिम्रो ।

दाजु दिदी भाई बहिनी को को छौनि परिवारमा,
घरमै छन्’कि परदेशमा कमाउँदै हो बाउ तिम्रो ।

लोभीनै हो मेरो आँखा सुन्दरतामा नजर लाग्यो,
मेरै बन्न झर्‍यो क्या हो यो धर्तीमा पाउ तिम्रो ।

दैव संयोग भेट्यौ हामी यो मनले तिमी माग्यो,
मेरो लागि खाली छ कि त्यो मुटूमा ठाँउ तिम्रो ।।

१८ फ्रेबुअवरी २०१२
दोहा, कतार ।

0 comments

Post a Comment