गजल
छातीभित्र लुकेको निशानी पो मीठो हो कि ?
तिम्रो मेरो प्रेमको कहानी पो मीठो हो कि ?
चखेवाको जोडि झै गगन छुन हिडेका’थ्यौ,
हामी मिली डुलेको बिहानी पो मीठो हो कि ?
माया गर्ने बहाना न्यानो थियो समागम त,
हिजो सम्झे बैशालु जवानी पो मीठो हो कि ?
भए भरको दोषहरु भाग्य माथि लगाउदै,
दोबाटोमा एक्लै पार्ने बैमानी पो मीठो हो कि ?
२० नोभेम्बर २०११
काठमाडौ ।
तिम्रो मेरो प्रेमको कहानी पो मीठो हो कि ?
चखेवाको जोडि झै गगन छुन हिडेका’थ्यौ,
हामी मिली डुलेको बिहानी पो मीठो हो कि ?
माया गर्ने बहाना न्यानो थियो समागम त,
हिजो सम्झे बैशालु जवानी पो मीठो हो कि ?
भए भरको दोषहरु भाग्य माथि लगाउदै,
दोबाटोमा एक्लै पार्ने बैमानी पो मीठो हो कि ?
२० नोभेम्बर २०११
काठमाडौ ।
0 comments