माया गर्दा

मैले माया किन रोप्नु घातै फल्छ भने,
मनै देखि माया गर्दा आफ्नै बैरी बने ।

रोपे फल्छ भन्ने सोच्थे माया नफल्ने भो,
सानै हुरी चल्दा उड्यो रहर जिन्दगीको ।
फूल्न खोज्दा आफन्तैले पुर्न खाडल खने,
मनै देखि माया गर्दा आफ्नै बैरी बने ।

सजाएको भागी बने गल्ति बिना पनि,
त्यसैले त शाहासहरु उडे धुलो बनि ।
निम्छर देखि आफन्तैले मलाई दोषी गने,
मनै देखि माया गर्दा आफ्नै बैरी बने ।।

८ मंसिर २०६८
काठमाडौं ।

0 comments

Post a Comment